प्रमुख सूचना::
संक्षिप्त परिचय
१.पृष्ठभुमि :- नेपालको प्रदेश नं.७ अन्र्तगत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउंपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पुर्वि भेगमा अवस्थित यो गाउंपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९)वडाहरु,साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१–३, ५–७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र बर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउंपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।
१. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः
कञ्चनपुर जिल्लाको पुर्वि भेगमा अवस्थित १५४.६५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको लालझाडी गाउंपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउंपलिकाको पुर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफांटा र बेलौरी नगरपालिका , उत्तरमा शुक्लाफांटार कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ ।
१.२ प्रशासकीय एवं राजनीतिक विभाजन
प्रदेश नं | ७ |
अञ्चल | महाकाली |
जिल्ला | कंचनपुर |
गाउंपालिका | लालझाडी |
गाउंपालिकाको केन्द्र | शंकरपुर |
निर्वाचन क्षेत्र नं | १ |
ईलाका नं | साविक २ र ६ |
वडा संख्या | ६ |